
काठमाडौं, १८ माघ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई ईन्धनको नयाँ मूल्यसूची पठाएको छ । आज नेपाल आयल निगमले प्राप्त गरेको मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य बढेको छ भने खाना पकाउने ग्यासको मूल्य घटेको छ ।
नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रति लिटर ८ रुपैयाँले बढेको छ । यसैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा पनि ७ रुपैयाँ ८० पैसा बढेर आएको पाइएको छ । यो सूची अनुसार खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।
भारतबाट मूल्य घटेर आए पनि ग्यासमा अझै पनि निगमलाई प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।आइओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा डिजेल र पेट्रोलमा प्रति लिटर ३-३ रुपैयाँ घटाएको निगमले प्रतिलिटर ८ रुपैयाँ बढेर आएपछि सोही अनुरुप मूल्य बढाउँछ वा स्थिर राख्छ भन्ने टुंगो निगमको बैंठकले तय गर्नेछ ।
अन्य समयमा पेट्रोल डिजेलको भाउ घटेर आउँदा पनि आईओसीको बक्यौता र ऋण बाँकी रहेको भन्दै स्वचालित मूल्य प्रणाली लागू नगरी पेट्रोलियम पदार्थको भाउ यथावत् राखिएको सूचना प्रकाशित गर्दै आएको निगमलाई मूल्य बढेर आउनासाथै नेपालमा बढाएर समायोजन गर्न सहज भने हुनेछैन ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




