नेप्सेमा ४.९७ अंकको वृद्धि, २ अर्ब ७६ करोडकाे काराेबार

-



     सफल आवाज    
     माघ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार सकारात्मक बनेको छ। केहि दिन ओरालो लाग्दै आएको सेयर बजारमा यसदिन दोहोरो अंकको बृद्धि भएको छ । कारोबार रकम भने २ अर्ब कट्न सकेन।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले बढेर ४०१.१६ विन्दुमा रहेको छ।

यसदिन कुल २६१ कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ। बैंकको ५ करोड ९३ लाख ३९ हजार ४४४ रुपैयाँ ३० पैसिा बराबरको कारोबार भएको हाे।

सबैभन्दा बढी आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआईबिएल समृद्धि फण्ड २ को सेयरमूल्य ३.७४ प्रतिशते घटेको छ ।