सानिमा मिडिल तमोर हाइड्रोको आइपीओको म्याद आजसम्म

-



     सफल आवाज    
     माघ १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ माघ । सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।

कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि तथा वैदेशिक रोजगारीरमा गएका नेपालीहरुका लागि सेयर बिक्री खुला गरेको थियाे। सेयरमा स्थानियले आवेदन दिन पाउने छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन लिने अवधि माघ १८ गतेसम्म रहेकाे थियाे ।

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले प्रतिकित्ता रु १०० को दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि बिक्री खुला गरेको हाे। जसमा आयोजनाबाट धेरै प्रभावित भएका जनताकाे लागि १३ लाख ३३ हजार कित्ता रहेकाे छ । लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रभावित मानिएकाहरु ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ का जनता रहेका छन् । यस्तै कम्पनीले ताप्लेजुङ जिल्लाका अन्य स्थानका जनताकालागि १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको जनाएकाे छ । 

स्थानीय लगानीकर्ताले ताप्लेजुङमा रहेका सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन पाउनेछन् । 

सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले रहेकाे छ ।