सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १६ कात्तिक । सानिमा बैंकको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरणका लागि कात्तिक १७ गते सोमवार बुक क्लोज गर्ने बताएको छ ।

बैंकको साधारण सभा कात्तिक २८ गते बालुवाटारमा हुँदैंछ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरणका लागि घोषित लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ । सभाले बैंक सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशतको दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर पारित गरिने प्रस्तावलाई पारित गर्नेछ ।

यस्तै, मर्ज तथा एक्वीजिसन लगायतका काम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, बैंकको प्रबन्धपत्र, नियमाली लगायतका प्रस्तावहरुलाई पारिग गरिने भएको छ ।

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ रहेको छ । बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ पग्ने भएको छ ।