काठमाडौं, २२ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । नेप्सेमा दोहोरो अंकको बृद्धि भएपनि कारोबार रकममा अन्य दिनहरुको तुलनामा उल्लेखनिय प्रगति भएको देखिएन ।
आर्थिक तरलता, वित्त बजारको असन्तुलन, लगानीकर्ताहरुको असन्तुष्टि र राजनीतिक घटनाक्रमले नकारात्मक लयमा जाने गरेको सेयर बजारले कहिलेदेखि सकारात्मक लयलाई पछ्याईरहने हो पर्ख र हेरको अवस्थामा रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेपरिसूचक १.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.८९ अंकले बढेर ४००.२६ विन्दुमा पुगेको छ ।
यसदिन कुल २५८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५२ लाख ६ हजार ३ ७० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँ ९३ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये ८ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ५ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ४४ लाख २४ हजार ६८२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ईष्टर्न हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.४५ प्रतिशतले घटेको हाे।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




