सनराइज फोकस्ड इक्विटीमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     माघ २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ माघ । सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । सनलाइन क्यापिटलले माघ १० गतेदेखि साे सनराइज फोकस्ड इक्विटी फण्डको इकाई बिक्रीमा ल्याएकाे थियाे ।

क्यापिटलले १२ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । त्यसबाट १ करोड ८० लाख इकाई कोष प्रबर्धक रहेकाे सनराइज बैंकका लागि सुरक्षित गरिएकाे छ । कम्पनीले १० करोड २० लाख इकाई सार्वजनिक निष्काशन गरेकाे हो।

इकाईका लागि लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १०० इकाई र बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्।

याे एक बन्दमुखि योजना हो। जाे सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ । यस योजनाको आकार १ अर्ब २० करोड रुपैयाँ बराबरकाे रहेकाे छ। याे योजनाको अवधि बाँडफाँड गरिएकाे मितिबाट १० वर्षसम्म रहनेछ। अवधि सकिएपछि लगानीलाई नगदमा रुपाद्दतरण गरेर लगानीकर्ताहरुलाई वितरण गरिने भएकाे छ।

केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ (एएमसी३) रेटिङ्ग दिएकाे छ । यसले केयर एनपी ए माइनस (आईएस) रेटिङ्ग पाएकाे छ। याे भनेकाे कम कर्जा जोखिम रहेको तथा वित्तीय दायित्व बहन गर्नका लागि सुरक्षित रहेको संकेत हाे ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।