प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

-



     सफल आवाज    
     माघ २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ माघ । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार यो परिसूचक ४.६२ अंकले बढेर २१००.७० विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेसे ०.५८ अंक घटेर २१००.१२ विन्दुमा झरेको छ । साथै यो सेसनमा सेन्सेटिभ इण्डेक्समा कुनै उतार चढाव आएको छैन ।

आजको प्रि-ओपन सेसनमा ११ वटा स्टकको ३ लाख ६० हजार २७७ रुपैयाँ बराबरको ८५७ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३ वटा स्टकको मूल्य बढेको छ भने ६ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको छ ।