काठमाडौं, २४ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सर्वत्र हरियाली छाएको छ । सेयर बजारमा भएको भारि मात्राको बढोत्तरीले लगानीकर्ताहरुमा उत्साह छाएको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय रीपार्टको कारण सेयर बजारमा उछालको अवश्था आएको छ भने कारोबार रकम ३ अर्ब माथि पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.६५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.८५ अंकले बढेर ४१५.०१ विन्दुमा पुगेको छ ।
यसदिन कुल २६० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबैको सेयर बढेको छ । सबैभन्दा बढी एनआईसी एशिया बैंकको १२ करोड ९२ लाख ४२ हजार ७२६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै आईसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को सेयरमूल्य ५.९० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




