बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउमा यसदिन रुपैयाँ २ सयले बढेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।