सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ६९ करोडको कारोबार

-



     सफल आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
अघिल्लो दिन मंगलबार सेयर बजारमा भारि अंकको बृद्धि भएको थियो ।

दुईवटा उपसमूहरुम मात्रै हरियो लागेको छ भने बाँकी ११ वटामा रातो लागेको छ । तर कारोबार रकममा भने उल्लेख्य प्रगति भएको छ । मंगलबारको उछाललाई देखेर सेयर बिक्रीकाे लहर बढ्दाखेरि सेयर बजारमा यस्ता घटनाहरु भईरहने जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.८७ अंकले घटेर ४१४ विन्दुमा पुगेको छ । नेप्सेमा ०‍.३३ प्रतिशतले गिरावट भएकाे हाे ।

यसदिन कुल २५७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये अन्य र व्यापारतर्फ हरियो लागेको छ । उनीहरु दुबैको सेयर बढेको छ । बाँकी ११ वटैमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड २८ लाख ६७ हजार २७१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य ३.३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.१४ अंकले घटेको छ ।