काठमाडाैं, २६ माघ । शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा आउने तयारी हुँदै गर्दा साताकाे सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार सकारात्मक लयमा फर्किएको छ ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको तयारी गरे पछि अघिल्लो दिन सेयर बजारमा सकारात्मक लय देखिएको हो । सेयर लगानीकर्ताहरु राष्ट्र बैंकका पछिल्ला भनाईहरुबाट आशावादी रहेका छन् ।
उनीहरुले सेयर बजारमा लगाईएका अंकुशहरुलाई राष्ट्र बैंकले खुकुलो बनाउने आशा गरेका छन् । सेयर कर्जामा लगाईएको १२ करोडको क्यापको असजिलो हट्ने अपेक्षा गरेका छन् । पछिल्ला दिनहरुमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधार भईरहेको बताउँदै आएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.४५ अंकले बढेर २१८२ अंकको विन्दुमा पुगेको छ । नेप्सेमा ६.०.५७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.४२ अंकले बढेर ४१५.४२ विन्दुमा पुगेको छ ।
यसदिन कुल २५७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरको ५६ लाख ४८ हजार २१२ कित्ता सेयरको कारोबारबाट २ अर्ब ६२ लाख ५८ हजार ७४९ रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरुमध्य एउटामा मात्रै राताेकाे लागेकाे छ । राताे लागेकाे उमसूह म्युचुअल फण्डतर्फकाे सेयर घटेकाे छ भने बाँकी १२ वटै उपसमूहहरुकाे सेयर बढेकाे छ ।
सबैभन्दा धेरै अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ५ करोड ८६ लाख ५४ हजार ६९६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै नबिल ब्यालेन्स्ड फाण्ड ३ को सेयरमूल्य ५.७५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




