एकैदिन १३ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ माघ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम शुक्रबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा एकैदिन रुपैयाँ १ हजार ३ सयले घटेको छ । चाँदीमा रुपैयाँ ३० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाल सुनमा यसदिन रुपैयाँ १ हजार ३ सयले घटेर तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजार ३ सयले घटेर तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ३० ले घटेर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।