
काठमाडौं, २७ माघ । सेयर बजारमा लगाइएको १२ करोडको मार्जिन कर्जाको नीतिमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् कुनै परिवर्तन गरेको छैन । आज शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले अन्य विविध विषयमा केही फेरबदल गरे पनि सेयर बजार र घरजग्गासम्बन्धी नीतिमा भने कुनै परिवर्तन नगरेको हो । यसबाहेक जोखिम भारमा परिमार्जन आउने अपेक्षा गरिए पनि मौद्रिक नीतिले जोखिम भारमा पनि कुनै फेरबदल गरेको छैन ।
केही समययता मौद्रिक समीक्षामा लचकता आउने अपेक्षासहित सेयर बजारले सकारात्मक लय समाएर अघि बढिरहेको थियो । यस्तो परिमार्जन विशेषगरी जोखिमभार परिमार्जन भएर १०० प्रतिशतमा झर्ने र १२ करोडको कर्जाको सीमा पनि बढ्ने अपेक्षासहितको रहेको थियो ।
लगानीकर्ता यही समीक्षाको तीव्र पर्खाइमा रहेकाले सेयर बजारमा धेरै उतारचढाव देखिन छोडेको थियो । सामान्य किनबेचमै सेयर बजार अगाडि बढिरहेको थियो । तर यी सबै अपेक्षाबीच मौद्रिक नीतिको समीक्षाले १२ करोडको मार्जिन कर्जा र १५० प्रतिशतको जोखिम भारमा कुनै परिमार्जन नगरेपछि यसको असर अब सेयर बजारमा नकारात्मक उतारचढावका रुपमा देखा पर्ने आकलन गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




