प्रि-ओपन सेसनमा नेप्से करिब साढे १ अंक घट्यो

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । साताको पहिलो कारोबार दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब साढे १ अंकले गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से १२.४५ अंक बढेर २१८२.६३ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने उक्त परिसूचक १.४४ अंक घटेर २१८१.२० विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.८३ अंकको गिरावट आएको छ ।

आज आइतबारको प्रि-ओपन सेसनमा ४५ वटा स्टकको ३० लाख २६ हजार ९६९ रुपैयाँ बराबरको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १३ वटा स्टकको मूल्य बढेको छ भने २८ वटा स्टकको मूल्य घटेको छ । बाँकी ४ वटा स्टकको मूल्य स्थिर रहेको छ ।