
काठमाडौं, २९ माघ । प्रभु इन्स्याेरेन्सले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा बाेलाएकाे छ । इन्स्याेरेन्सले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको हाे ।
साधारण सभामा गएकाे आर्थिक वर्षको मुनाफाबाट ७.०५ प्रतिशत लाभांशकाे प्रस्ताव पेश हुनेछ । यसमा ६.७०% बोनस सेयर र करका लागि ०.३५% नगद लाभांश रहेकाे छ ।
सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनकाे प्रस्ताव पेश गरिने भएकाे छ । अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने वा गाभिने लगायतका विषयमा कार्य गर्ने सबै अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ । यस्तै आवश्यक हकप्रद सेयर निश्काशनकाे प्रस्ताव पनि एजेण्डाकाे रुपमा रहनेछ ।
इन्स्याेरेन्सकाे गएकाे असार ३२ गते अजोडसँग मर्जरका लागि सम्झौता भएपनि मर्जर तोडिएकाे थियाे । त्यसपछि प्रभुले कुनै कम्पनीसँग मर्जरकाे सम्झौता गरेको छैन । उता अजोडकाे युनाइटेड इन्स्याेरेन्ससँग मर्जरमा जाने सहमति भएकाे छ ।
साधारण सभा प्रभु इन्स्याेरेन्सको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा फागुन २३ गते पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । यसकाे प्रयोजनका लागि फागुन १२ गते बुक क्लोज हुने भएकाे छ। यसका लागि फागुन ११ गतेसम्म नेप्सेका सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले सभामा भाग लिन पाउने छन्र भने उनीहरु नै लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




