
काठमाडौं, २ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि माघ १६ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे ।
जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयरबाट २० हजार ३३८ कित्ता सेयर निष्काशन गरेको हो। सेयरमा इच्छुक लगानीका लागि लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत हाे ।
सेयरमा लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




