प्रि-ओपन सेसनमा नेप्से झिनो अंकले घट्यो

-



     सफल आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ फागुन । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार यो परिसूचक १६.४० अंक घटेर २१०५.४६ विन्दुमा बन्द भएको थियो । आजको प्रि-ओपन सेसनमा भने नेप्से ०.४३ अंक घटेर २१०५.०३ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०९ अंकको गिरावट आएको छ ।

आज बुधबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको १ लाख ५१ हजार ३११ रुपैयाँ बराबरको ३२० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने ८ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ।