
काठमाडौं, ४ फागुन । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले सात जना कर्मचारी हटाइएको र अदालतले पुनःबहाली गर्ने फैसला गरेको विषयमा उक्त संस्थाले पुनःबहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएको हुनाले तत्काल पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।
उक्त संस्थाका कर्मचारी दीपक चौधरी, विराज बोगटी, रामनन्दन मण्डल, विनोद नेपाली, पूर्णचन्द्र राज अवस्थी, हरिशङ्करप्रसाद श्रीवास्तव र चित्रबहादुर बुढाथोकीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो ।
ती व्यक्तिले विनाकारण सेवाबाट हटाएको उल्लेख गर्दै सुविधासहित पुनःबहाली गर्न माग गर्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइ सेवासुविधासहित पुनःबहाली गर्नुपर्ने अदालतबाट फैसला भए पनि सो संस्थाले पुनःबहाली नगरिकन विज्ञापन प्रक्रिया अगाडि बढाएपछि पीडितले फैसला कार्यान्वयनका लागि पुनःअदालतमा मुद्दा हालेका थिए ।
उक्त मुद्दाको सुनुवाइपछि अदालतते तत्काल पदपूर्तिको विज्ञापन प्रक्रिया अघि नबढाउन आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि यही फागुन ११ गते बोलाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




