
काठमाडौं, ४ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब २ हजार ७ सय ५७ कार्टुन बियर बरामद गरेको हो । २ दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।
बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुबोर्ग, मुस्ताङ, कार्ल्सबर्ग, नेपाल आइस, बडवेइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनका अनुसार मङ्गलबार काठमाडौंको धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका ३ वटा गोदममा भण्डारण गरिएको २ हजार १ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।
यसैगरी बुधबार सिनामङ्गलमा रहेको संस्कार ट्रेडर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको ३ सय ५५ कार्टुन बियर बरामद गरेको थियो । उपभोग्य अवधि सकिएकामा टुबोर्ग, मुस्ताङ, कार्ल्सवर्ग, नेपाल आइस, बडवेइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ ।
बुधबार नै विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, कार्ल्सवर्ग ब्राण्डका ३ सय २ कार्टुन बियर बरामद गरेको महानिर्देशक भट्टराईले जानकारी दिए ।
विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका ९गुणस्तरहीन० बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।
‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन अनुरोध गरिन्छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्रि नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




