सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

-



     सफल आवाज    
     फागुन ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ फागुन । सुपरमाई हाइड्रोपावरको सेयर आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड गरिएकाे हो।

सुपरमाई हाइड्रोपावरकाे सेयर माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्रीमा ल्याइएकाे थियाे । कम्पनीले ४ लाख १५ हजार कित्ता सेयर निष्काशन गरेको थियो।

सेयरमा जम्मा १३ लाख २२ हजार ४९२ जनाले १ करोड ४३ लाख २७ हजार ९२० कित्ता सेयरका लागि आवेदन पेश गरेका थिए । ति आवेदनबाट १३ लाख १८ हजार ३२० आवेदन स्वीकृत गरिएकाे थियाे । बाँडफाँडमा ४१ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्।