उकालियो सुन र चाँदी दुवैको भाउ

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि ७ सय रुपैयाँले बढेर तोलाको १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।