
काठमाडौं, ८ फागुन । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आजदेखि सेयर आईपीओ निष्काशन गरेकाे छ ।
कम्पनीले ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रहेकाे छ ।
प्रतिसेयर रु १०० काे दरले ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि निष्काशन गरेकाे हो।
अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थायीवासिका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजना प्रभावित क्षेत्र नौमुले द्वारी ३ बाहेकका जनताका लागि २ लाख ७२ हजार २७ कित्ता रहेकाे छ।
सर्वसाधारणका लागि १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर रु १०० अंकित दरकाे १ लाख ८ हजार ८११ कित्ता साधारण सेयर विदेशमा रोजगारमा रहेकाहरुका लागि रहेकाे छ। लगानीकर्ताले घटीमा १० तथा बढीमा ३० हजार कित्ता माग गर्न पाउनेछन्।
आयोजना प्रभावित क्षेत्रका जनताले फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिमा माग अनुसारकाे आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेकाहरुले फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




