
काठमाडौं, १८ कात्तिक। अब कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंक मार्फत सहजै भुक्तानी गर्न सक्ने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकले जनाएको छ।
यो व्यवस्था लागु भएसँगै कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ।बैंकको हाल १ सय ६० वटा शाखाहरु, १ सय ३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ९३ स्थानमा रहेका सेवा संजाल तथा १ सय ९८ वटा एटीएमहरु मार्फतबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



