सुनको भाउमा गिरावट, चाँदीको स्थिर

-



     सफल आवाज    
     फागुन ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा गिरावट देखिएको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउमा रुपैयाँ २ सयले घटेको जानकारी गराएको छ । चाँदीको भाउमा फेरबदल भएको छैन ।

छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन कुनै परिवर्तन भएको छैन । चाँदीको भाउ स्थिर रहि सोमबारकै भाउ तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।