
काठमाडौं, १० फागुन । मोलुङ्ग हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियाे ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेको थियाे। साे सेयर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो।
जारी पूँजीको ३४ प्रतिशतले हुने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याइएकोमा २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाेलेलागि रहेकाे छ । १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड भइसकेकाे छ।
५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका रहेकाे छ। सर्वसाधारणले भने २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। सेयरमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ८ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




