
काठमाडौं, १० फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ यथावत् रहेको छ । चाँदीको भाउमा भने थोरै वैद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउमा कुनै फेेरबदल नभएको जानकारी गराएको छ । चाँदीको भाउमा भने ५ रुपैयाँ बढेको पाइएको छ ।
छापावाल सुन आज तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमै कारोबार भएको थियो ।
तेजाबी सुन आज तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज प्रति तोला ५ रुपैयाँले वैद्धि भएको छ । चाँदी आज तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चादी तोलाको १ हजार २ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




