यस्तो रह्यो बुधबारको प्रि-ओपन सेसन

-



     सफल आवाज    
     फागुन १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० फागुन । यो साताको लागि दोस्रो कारोबार दिन आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत सोमबार नेप्से परिसूचक २३.६० अंक घटेर २०४६.८१ विन्दुमा बन्द भएको थियो । आज बुधबारको यो सेसनमा भनेे नेप्से २.८४ अंक बढेर २०४९.६४ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.१४ अंकको बढोत्तरी देखिएको छ ।

आज बुधबारको प्रि-ओपन सेसनमा १५ वटा स्टकको १० लाख १३ हजार ८१३ रुपैयाँ बराबरको २ हजार ७१३ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १० वटा स्टकको मूल्य बढेको छ भने ३ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य रहेको पाइएको छ ।