आत्मनिर्भर लघुवित्तको आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     फागुन ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गरेकाे छ।

लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयर छुट्याएको थियो।

कम्सोपनीले २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ । ३ हजार ११७ कित्ता कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन पाउने भएका छन्।

सेयर लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसका लागि घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइने छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ।