
पोखरा, १८ कात्तिक । सांसद तथा पूर्व पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधनप्रति सम्मान जाहेर गर्दै पोखरा महानगरपालिकाले आज सेवा बन्द गरेको छ । महानगरपालिकाले एउटा शाेक बिज्ञप्ति प्रकाशित गरी स्वर्गिय केसीको सम्मानमा महानगरपालिका तथा वडा कार्यालयहरु बन्द रहेको जनाएको छ ।
केसीको निधनले महानगरलाई स्तव्ध बनाएको छ । बिज्ञप्तिमा लेखिएकाे छ, ‘प्रतिष्ठित उद्योगीका रुपमा परिचित उनले पोखराको विकासमा पुर्याएको योगदान सधैंका लागि स्मरणिय रहेको छ ।’
यसैगरी कालिका बहुमुखी क्याम्पसले पनि उनको शोकमा ३ दिनसम्म क्याम्पस बन्द गर्ने सूचना जारी गरेको छ। क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाद्वारा जारी शोक विज्ञप्तिमार्फत कात्तिक १८ देखि २० सम्म क्याम्पसको सम्पूर्ण पठनपाठन तथा प्रशासनिक सेवा बन्द हुने जनाइएको हो ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको गएराति साढे दश वजे ६३ वर्षको उमेरमा मुस्ताङ्गचोकस्थित निवासमा निधन भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



