सुन र चाँदी दुवैको भाउ घट्यो, कति पर्छ तोलाको?

-



     सफल आवाज    
     फागुन ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउमा ५ सय रुपैयाँ घटेको जानकारी गराएको छ । चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँ घटेको पाइएको छ ।

छापावाल सुन आज तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज प्रति तोला १० रुपैयाँले‍ गिरावट आएको छ । चाँदी आज तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।