
काठमाडौं, ११ फागुन । साताको सेयर कारोबार हुने पाँचौ अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । यतिबेला लघुवित्त कम्पनीहरुको कारण ऋणीहरु मर्कामा परेका कुराहरु आईरहेका छन् ।
राष्ट्र बैंकले पनि निर्देशिका जारि गर्दै उनीहरुको लाभांश वितरणमा कडाई गर्ने नीति अघि सारेको छ । उनीहरुको सेयर पनि चलायमान नभएपछि नकारात्मक असर देखिएको छ ।
खस्किदो सेयर बजारको परिदृश्यले लगानीकर्ताहरुको मनोबल गिराएको छ । कहिले सुधार हुने यो भविष्यको गर्भमै रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको छ । नेप्सेमा २.७८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ११.९८ अंकल घटेर ३८४.३६ विन्दुमा रहेको छ ।
यसदिन कुल २६० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६३ लाख २६ हजार १०५ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ ८८ पैसा बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको ८ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ४.८२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




