
काठमाडौं, १८ कात्तिक । उद्योगीद्वय किशोर आचार्य र चक्र अधिकारी सवारी दुर्घटनामा परी घाइते भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिरमा हुने चुनावको प्रचारप्रसारका लागि पाल्पाबाट पोखरातर्फ जाँदै गर्दा व्यवसायीद्वय आचार्य र अधिकारी पाल्पामा सोमबार सवारी दुर्घटनामा परेका थिए ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ३, आर्यभञ्ज्याङमा उनीहरु सवार कार दुर्घटनामा परेको हो ।

घाइते उनीहरु दुबैलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौ ल्याइसकिएको महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ढकालका अनुसार दुबै जनालाई हृयाम्स अस्पताल भर्ना गरिएको छ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



