आत्मनिर्भर लघुवित्तको आइपीओमा पर्याे ४७.१६ गुणा बढी आवेदन

-



     सफल आवाज    
     फागुन १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ फागुन । आत्मनिर्भर लघुवित्तको सेयर (आइपीओमा) ४७.१६ गुणा बढी आवेदन परेकाे छ । याे आवेदन सर्वसाधारणका लागि बिक्रीमा ल्याइएकाे १ लाख ६९ हजार ७५५ कित्ता सेयरकाे ४७.१६ गुणा बढी आवेदन हो ।

सीडीएसका अनुसार शुक्रबार दिउँसाे साडे १ वजेसम्म सेयरमा ८० करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर लगानीकर्ताहरु ७ लाख ८ हजार ४३ जनाले ८० लाख ५ हजार ८६० कित्ता माग गरेका छन् ।

कम्पनीले फागुन ११ गतेदेखि रुपैयाँ ६ करोड २३ लाख ३८ हजार रुपैयाँकाे २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर जारी गरेको हो । यसमा प्रतिसेयर रु १ सय अंकित दरकाे २ लाख ३ हजार ३८० कित्ता निष्काशन गरिएकाे हाे । यसबाट कम्पनीले २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरिसकेकाे छ ।

कम्पनीले ३ हजार ११७ कित्ता कर्मचारीका लागि र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका छुट्याएकाे छ । सर्वसाधारणका लागि बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर रहेकाे छ । उनीहरुले यसैमा आवेदन दिन पाउनेछन् । यसका लागि फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।