ईङवा हाइड्रोले फागुन २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

-



     सफल आवाज    
     फागुन १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ फागुन । ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने बताएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि सेयर निष्काशन गर्ने भएकाे हो।

जारी पूँजी ६० करोडकाे १० प्रतिशतले हुने ६ करोडको ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ ।

सेयरमा ताप्लेजुङ्गकाे सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथरको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का जनताले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। यस्तै आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरिएको सेयरमा माग अनुसारकाे आवेदन नपरे चैत २० गतेसम्म आवेदन दिन सकिने छ।

आयोजना प्रभावित क्षेत्रका जनताले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।