सुन र चाँदी दुवैको भाउ घट्यो, कति पर्छ तोलाको ?

-



     सफल आवाज    
     फागुन १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घट्ने क्रमले निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ४ सय रुपैयाँ तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो ।

छापावाल सुनमा ४ सय रुपैयाँले घटेर आज तोलाको तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि ४ सय रुपैयाँले नै घटेर तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।