नेप्सेमा झिनो सुधार, साढे २ अर्बको कारोबार

-



     सफल आवाज    
     फागुन १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ फागुन । राजनीतिक घटनाक्रम तथा लघुवित्त वित्तीय संस्थाहरुमाथिको शंसोधित निर्देशिकासंगै करेक्सन देखिएको सेयर बजारको ओरालोको यात्रामा झिनो मात्राले रोकावट भएको छ ।

साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा ४.५५ अंकको बृद्धि भई २०.२७ विन्दुमा चढेको छ । नेप्सेमा ०.२२ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घटेर ३८४.०८ विन्दु रहेको छ ।

यसदिन कुल २६२ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ६५ लाख १५ हजार ८५२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । ८ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ५८ लाख ७० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ७.९४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड १ को सेयरमूल्य घटेको छ । फण्डको सेयरमूल्य ७.८५ प्रतिशतले घटेको छ ।