
काठमाडौं, १५ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि फागुन ११ गतेदेखि सेयर बिक्रीमा ल्याएकाे थियाे ।
आत्मनिर्भर लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयर सर्वाजनिक बिक्रीका लागि राखेकाे थियो। यसबाट २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडिएकाे छ ।
३ हजार ११७ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटरीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन्।
सेयर लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । यसका साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




