रोकिएन नेप्सेको ओरालो यात्रा, १ अर्ब ८९ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ फागुन । नेप्सेमा गईरहेको आर्थिक सूचकांकहरुको पहिरो रोकिएको छैन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.८५ अंकले घटेर ३८३ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहरुमध्ये ५ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ८ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कुल २५९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५१ लाख २० हजार ८८८ कित्ता सेयरको कारोबारबाट १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ८ हजार ६७६ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको सेयरमूल्य ६.४३ प्रतिशतले घटेको छ ।