सुन र चाँदी दुवैको भाउ यथावत्

-



     सफल आवाज    
     फागुन १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेस्रो दिन आज मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा कुनै घटबढ भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा छापावाल सुनमा कुनै फेरबदल नभई तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि यथावत् रहेको छ । तेजाबी सुन आज तोलाको १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख १ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा पनि कुनै घटबढ भएको छैन । चाँदी आज तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमै कारोबार भएको थियो ।