प्रि-ओपन सेसनमा करिब १ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     फागुन १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ फागुन । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार उक्त परिसूचक ३.६१ अंक घटेर २०१९.९३ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से ०.७८ अंक बढेर २०२०.७२ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०४ अंकको बढोत्तरी भएको छ ।

आजको प्रि-ओपन सेसनमा ५ वटा स्टकको ४ लाख ७९ हजार ३६४ रुपैयाँ बराबरको ८१५ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ५ वटै स्टकको मूल्य बढेको छ । आजको यो सेसनमा कुनै स्टकको मूल्य घटेको वा स्थिर रहेको छैन ।