आरएमडिसी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्ता छन् ?

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ कात्तिक । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले ६ करोड ५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ। तर यो मूनाफा अघिल्लो वर्षको तुलनामा घटेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको नाफा १ करोड २९ लाख २४ हजार रुपैयाँ घटेको छ। गत आवको असोज मसान्तसम्ममा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको सोही अवधिमा ६ करोड ५ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ। लघुवित्तको ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ६७ लाख ४५ हजार रुपैयाँ घटेर १० करोड १८ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, लघुवित्तका सञ्चालन मुनाफा १ करोड ९४ लाख ७३ हजार रुपैयाँ घटेर ९ करोड ६१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ।