अन्तिम दिन सेयरबजार राताम्मै, १ अर्ब ३३ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ फागुन । नेप्सेमा लगातार गिरावट भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयरबजार राताम्मै भएको छ ।

अघिल्लो दिन नेप्से परिसूचक २४।४४ अंकले घटेर १९९५।४९ विन्दुमा झरेको मा यसदिन अँझ बढी घटेको छ । नेप्सेको घट्दो सूचकांकको दृश्यले लगानीकर्ताको मनो माथि उठेन सकेको छैन । उनीहरु अझैं पनि सकारात्मक लयको पखाईमा रहेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा झरेको छ ।

यसदिन कुल २५६ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २६ लाख ५७ हजार १५४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८५४ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बुद्धभूमि नेपाल हँइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ४.२९ प्रतिशतल बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । संस्थाको सेयरमूल्य ७ प्रतिशतले घटेको छ ।