साना किसान लघुवित्तले डाक्याे साधारण सभा, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । साना किसान लघुवित्त वित्तीय संस्थाले साधारण सभा डाकेकाे छ । संस्थाले लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि चैत १० गते वार्षिक साधारण सभा बोलाएको हाे।

साना किसान लघुवित्तले साधारण सभा बोडे भक्तपुरमा रहेकाे कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठनमा बाेलाएकाे छ । सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे हाे । सभाले २७‍.३७ प्रतिशत लाभांश पारित गर्नेछ । यसमा गएकाे वर्षको नाफाबाट २६% बोनस सेयर र करकाे प्रयाजनका लागि १.३७% नगद लाभांशसहित २७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेकाे छ ।

साना किसान लघुवित्त मर्जरकाे चरणमा रहेकाे छ । संस्था र आरएमडीसी लघुवित्त मर्जरमा जाने भएपछि यसका सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने भएकाे छ । दुई लघुवित्त १००ः८७ सेयर स्वापकाे अनुपातमा मर्जरमा जान लागेका छन् ।आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर मर्जरपछि ८७ कित्ता कायम हुनेछ ।  

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, वार्षिक प्रतिवेदन, नाफा–नोक्सान, वित्तीय विवरणहरु लगायतका एजेण्डामा छलफल भइ पवरित गरिनेछ ।

संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने बताए । साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरुले फागुन २५ गतेसम्म सेयर काराेबार गरि कायम भएकाे हुनुपर्नेछ ।