प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

-



     सफल आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ फागुन । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेको पाइएको छ। अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार नेप्से परिसूचक २६.४७ अंक घटेर १९६९.०२ विन्दुमा बन्द भएको थियो ।

आजको प्रि-ओपन सेसनमा भने यो परिसूचक १.५३ अंक घटेर १९६७.४९ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.११ अंकको गिरावट आएको छ ।

आज आइतबार प्रि-ओपन सेसनमा १० वटा स्टकको ३ लाख ६० हजार ९१२ रुपैयाँ ५० पैसा बराबरको ५५० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३ वटा स्टकको मूल्य बढेको छ भने ६ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।