देशलाई बर्बादीतिर जान दिन्न र राजीनामा पनि गर्दिन: प्रधानमन्त्री ओली

-



     सफल आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित



काठमाडाैं, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट कुनैपनि हालतमा राजीनामा नदिने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिने लागे भनेर हल्ला भईरहेको प्रसंग निकाल्दै ओलीले भने, राजिनामा दिनु भनेको देश बर्बादीतिर जानु हाे । देश बर्बादीतिर जान दिन मैले राजीनामा दिन्छ ? उनले प्रश्न गरे ।

मनमोहन सेन्टर एनेक्स भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको समय प्रधानमन्त्रीको राजीनामा होईन, दिन पनि मिल्दैन, उनले प्रश्न गरे के मैले राजीनामा गर्न मिल्छ ? उनले भने, राजीनामा दिनु भनेको देश बर्बादितिर जानु हो, त्यसैले मबाट यो काम कदापि हुँदैन, राजीनामा दिन्न ।

प्रधानमन्त्री ओलीले जनता र देशको आवश्यकताले आफु प्रधानमन्त्री भएको बताउँदै राजीनामा दिने, सरकार अदलबदल हुने भनेर हल्ला फिजाईएको बताए । खुरुखुरु काम गरेर बस्नुस् केहि पनि हुँदैन । बाहिरबाट अस्थिरता ल्याउने प्रयास भएका छन् तर आफुले स्थिरताको लागि काम गरिरहेकोले ढुक्क रहन उनकाे आग्रह थियाे ।