
पोखरा, २२ फागुन । ‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौ, स्वरोजगार सिर्जना गराैं, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ । महिला सीप विकास संस्थाद्वारा यही फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका अवसरमा पोखरा सभागृहमा सो मेला आयोजना हुन लागेको हो ।
संस्थाका अध्यक्ष देवी गुरुङले आफ्नो संस्थाले हस्तकलाका माध्यमबाट महिला सशक्तिकरणमा विशेष योगदान पु¥याउँदै आएको बताइन। उनका अनुसार उक्त प्रदर्शनी मेलामा संस्थाबाट उत्पादिन विभिन्न सामग्री राखिने छन् । सो संस्थाले हालसम्म करिब २१ हजार महिलालाई तालिम प्रदान गरिसकेको र हाल तीन सय ५० महिला उद्यमी आवद्ध रहेको कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन।
विसं २०३२ मा स्थापना भएको सो संस्थाले विशेष गरी आर्थिक रुपमा विपन्न, अपागङ्गता भएका, एकल र द्वन्द्वपीडित महिलालाई सीपमूलक तालिम प्रदान गर्दै स्वरोजगार बनाउँदै आएको छ । संस्थाले विभिन्न सङ्घ संस्थासँग सहकार्य गर्दै तालिम र आयमूलक कार्यक्रमलाई जोड दिँदै आएको उनले बताइन।
संस्थाको पोखरा ८ सिमलचौरमा करिब तीन रोपनी भाडाको जग्गामा मुख्य कार्यालय सञ्चालित छ भने पोखरा १३ बाँझापाटन, पोखरा १९ माथिल्लो लामाचौर, पोखरा २७ रिठेपानि र पोखरा ३० गगनगौडामा सम्पर्क कार्यालय सञ्चालित छन् । निर्देशक खड्का अनुसार संस्थाले काँचो धागो खरिद गरी आफै ‘नेचुरल तथा केमिकल डाइङ’ गरी सिकाइ हाते तान बुनाइ पश्चात विभिन्न प्रकारको झोला, पर्स, गुडिया र घर कोठा सजावटका सामान उत्पादन गर्दछ ।
स्थानीय कच्चापदार्थ, अल्लो, मकैको खोष्टाबाट फूल, गुडिया लगायतका अनेकाँैं सामान उत्पादन गर्दछ । उत्पादनको ८० प्रतिशत विदेशी बजारमा निर्यात गर्दछ भने २० प्रतिशत सामान पोखरा तथा पर्यटकीय क्षेत्रमा विभिन्न सोरुमबाट बिक्रीवितरण हुने गरेको छ । संस्थाले हस्तकला सामान निर्यात गरी विदेशी मुद्रा भित्र्याइ देशको अर्थतन्त्रमा योगदान पु¥याएको निर्देशक खड्काले बताइन।
संस्थाका उत्पादन खासगरी अमेरिका, जर्मनी, इटली, कोरिया, क्यानडा, अष्ट्रेलिया, जापानलगायत विभिन्न देशमा अधिक निर्यात हुने गरेको र संस्थालाई सरकार तथा अन्य विदेशी सङ्घ संस्थाबाट कुनै प्रकारका सहयोग प्राप्त नभएको उनको भनाइ छ । विगतमा यस संस्थामा विभिन्न अन्तर्राष्ट्रिय निकाय भीएसओ, पीआइईसिई, सिओआरई, कोइका, जाइका र सिईसीआइका स्वयंसेवकले सेवा प्रदान गरेका छन् ।
संस्थाले आफ्नो शाखा कार्यालय पोखरा २७ मा शिशु स्याहार केन्द्र पनि सञ्चालन गरेको छ । संस्थामा आवद्ध दिदीबहिनीको नानीबाबुहरुलाई शिक्षा आर्जनका लागि समय समयमा नगद तथा जिन्सी, छात्रवृत्ति प्रदान गर्दै प्रोत्साहन गर्ने गरिएको छ । साथै महिलालाई स्वास्थ्यसम्बन्धी विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




