प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

-



     सफल आवाज    
     फागुन २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ फागुन । साताको दोस्रो कारोबार हुने दिन आज मंगलबारको (सोमबार सार्वजनिक बिदा परेकोले) प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत आइतबार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ विन्दुमा बन्द भएको थियो । आज मंगलबारको प्रि-ओपन सेसनमा भने यो परिसूचक ०.८३ अंक घटेर १९३७.४३ विन्दुमा झरेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.३३ अंकले गिरावट आएको छ ।

आज मंगलबारको प्रि-ओपन सेसनमा ९ वटा स्टकको २ लाख २१ हजार २६७ रुपैयाँ बराबरको ३८५ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३ वटा स्टकको मूल्य बढेको छ भने ४ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।