छिमेक लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     फागुन २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ फागुन । छिमेक लघुवित्तको सेयरमूल्य आज बुधबार नेप्सेमा समायोजन भएको छ। लघुवित्तको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज भएसँगै सेयरमूल्य समायोजन भइ नयाँ मूल्य कायम गरिएकाे हो।

छिमेक लघुवित्तको २२ प्रतिशत बोनस सेयर समायोजन भएको हो। समायोजपछि सेयरमूल्य ८३८ रुपैयाँ ५२ कायम गरिएकाे छ। अघिल्लो कारोबार भएकाे अन्तिम मूल्यकाे आधारमा सेयरमूल्य समायोजन गरिएको हो। अन्तिम कारोबार १ हजार २३ रुपैयाँमा भएको थियो।

लघुवित्तकाे चैत १० गते मकवानपुरमा साधारण सभा हुने भएकाे छ । २१औँ वार्षिक साधारण सभा हेटौँडास्थित होटल सामनामा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभामा चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजननका लागि ३.२६ प्रतिशत नगद लाभांशसहित २५.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ।

सभाले अन्य लघुवित्तसँग मर्जर वा एक्विजिशनका कााम गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितिलाई दिनेछ । उस्तै सभामा लेखापरीक्षककाे नियुक्त लगायतका प्रस्तावहरुमा छलफल गरी पारित गरिने भएकाे छ ।