
पोखरा, १९ कात्तिक । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखरामा नयाँ कार्यसमिति आएको छ । अध्यक्षमा यसअघि नै सुशील पौडेल र सचिवमा मिलन तिवारी निर्विरोध भएका थिए ।
संस्थाको बुधबार सम्पन्न १६ औं अधिवेशन तथा २७ औं वार्षिक साधारणसभाबाट आगामी २ वर्षका लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भए । मतदानमा प्रथम उपाध्यक्षका अर्का उम्मेदवार जीवनराज सापकोटा र द्वितीय उपाध्यक्षका उम्मेदवार उदय सुवेदी र दिवस लामिछाने पराजित भएका हुन् । यस्तै, सहसचिवमा रेशम अधिकारी र कोषाध्यक्षमा किसमकुमारी गुरुङ चयन भए ।
निर्वाचन समिति संयोजक डम्बरबहादुर केसीका अनुसार ६ जना सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल सङ्ग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ छन् । सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले साधारणसभा उद्घाटन गरेका हुन् । उनले पर्यटन व्यवसायीको हकहित तथा रक्षाको लागि सरकार कटिबद्ध रहेको आश्वासन दिएका छन् । उनले नजिकबाट प्रदेश सरकारले पर्यटन व्यवसायीसँग सहकार्य गर्दै अगाडी बढ्ने पनि बताए ।
कोरोना प्रभावले पर्यटन व्यवसाय धरासायी बन्न पुगेको र पर्यटन व्यवसायीले खर्बौ लगानी नोक्सानी व्योर्होनुपरेको उल्लेख गर्दै उनले पर्यटन व्यवसयलाई कसरी बचाउन सकिन्छ भनेर आफूहरु गम्भीरतापूर्वक लागेको बताए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए । कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए ।
टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए।
टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै संकटमा परेको बताए ।
सो अवसरमा राससमा कार्यरत् पत्रकार जमुना वर्षा शर्मालाई ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित गरिएको थियो ।
यस्तै, संघतर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



