अन्तिम दिन नेप्सेमा छायो हरियाली, डेढ अर्बको कारोबार

-



     सफल आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ फागुन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । अन्तिम दिनको बजारको हरियाली वाताबरणले सुधारको संकेत दिएको आकलन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५०.४ अंकले बढेर २००२.७० विन्दुमा उक्लिएको छ । नेप्सेमा २.५६ अंकको बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.२७ अंकले बढेर ३७९.५० विन्दुमा रहेको छ।

यसदिन कुल २६२ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४५ लाख ६६ हजार ४३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५६ करोड ५५ लाख ५८ हजार ८०२ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियो लागेको छ । सबैको सेयर बढेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख ८८ हजार ३१७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शुभम् पावार लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टभेन्ट ग्रोथ स्किम २ को सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ ।